चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १९ गते
चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २१ गतेको चुनावपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

पार्टीको संगठन विभागले जेठ २० र २१ गते काठमाडौंमा आयोजना गर्ने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम रहेको छ। ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशालामा पार्टी संगठन सुदृढीकरण, सदस्यता विस्तार, संरचनाको प्रभावकारी परिचालन तथा भावी कार्ययोजनाबारे छलफल र अभिमुखीकरण गरिने जनाइएको छ।

कार्यशालामा एमालेका प्रदेश तथा जिल्ला इन्चार्ज, पदाधिकारी, कार्यालय सचिव तथा विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहनेछ। कार्यक्रममा पार्टी संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइने बताइएको छ।

एमालेले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई तीव्र बनाउँदै पार्टी संगठनलाई तल्लो तहसम्म सुदृढ गर्ने उद्देश्यसहित कार्यशाला आयोजना गर्न लागेको जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स