insta insta

काठमाडौं भ्यु टावरको नक्सा पास रोकियो, छानबिन अघि बढाउँदै महानगर

काठमाडौं भ्यु टावरको नक्सा पास रोकियो, छानबिन अघि बढाउँदै महानगर
Advertisement Ads

काठमाडौं पुरानो बसपार्कस्थित भ्यु टावर निर्माण परियोजनाको नक्सा पास प्रक्रिया हालका लागि निष्क्रिय बनाइएको छ। काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रालिबीच २०७१ सालमा भएको सम्झौतासम्बन्धी छानबिन जारी रहेको महानगरले जनाएको छ।

महानगरपालिकाले भवन निर्माण नक्सा पास प्रक्रिया अध्ययन गर्न छानबिन समिति गठन गरेको छ। समितिको प्रतिवेदन प्राप्त नभएसम्म नक्सा पास प्रक्रिया अघि नबढाउने निर्णय भएको सूचनामा उल्लेख छ।

२०७१ साल फागुन २२ गते सम्झौतासँगै वडा नं. २८ मा भ्यु टावर निर्माणको काम अघि बढाइएको थियो। तर, निर्माण प्रक्रिया र नक्सा पासको वैधानिकतामा प्रश्न उठेपछि महानगरले छानबिन प्रक्रिया सुरु गरेको हो।

निर्माण सुरु भएदेखि नै विवादमा रहेको भ्यु टावर परियोजना नक्सा पास रोकिएसँगै थप अनिश्चित बनेको छ।

newskarkahna news802200 https://bajarkochirfar.com/kathmandu-view-towers-map-pass-stopped-metropolis-investigating | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स