instainsta

पक्राउ परेको एक हप्तामै रिहा भए काठमाडौं भ्यू टावर ठेकेदार भेटवाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २२ गते
पक्राउ परेको एक हप्तामै रिहा भए काठमाडौं भ्यू टावर ठेकेदार भेटवाल
AdvertisementAds

काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल चेक बाउन्सको उजुरीका आधारमा गत १३ असारमा पक्राउ परेका थिए। तर, अदालतले म्याद थप नगरेपछि उनी १९ असारमा रिहा भएका हुन्।

उनी पक्राउ परेपछि सोही दिनबाट गणना गरी १५ असारमा ६ दिनको म्याद थप गरिएको थियो। पक्राउ परेलगत्तै भेटवाल अस्पताल भर्ना भएका थिए र अस्पतालबाटै म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित भएका थिए।

तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार स्वास्थ्यका कारण अदालतले म्याद थप नगरेको हो। एसपी बोहराले भने, “स्वास्थ्यको कारण देखाउँदै अदालतबाट म्याद थप भएन, त्यसपछि हामीले केही गर्न सकेनौं।”

भेटवालमाथि करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोप लागेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स