काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न १४ वटा पदमा कुल ५४ जना कर्मचारी माग गरेको छ। यसमध्ये ४ जना कर्मचारी आन्तरिक रुपमा र बाँकी ५० जना खुला तथा समावेशी प्रतियोगिताबाट छनोट गरिनेछ।
माग गरिएका पदहरू उपप्रबन्धकदेखि हेडि इक्यूपमेण्ट ड्राईभरसम्मका रहेका छन्। इच्छुक र योग्य व्यक्तिले कम्पनीको वेबसाईट www.kathmanduwater.org बाट दरखास्त फाराम डाउनलोड गरी पासपोर्ट साइज फोटो र प्रमाणित शैक्षिक कागजातसहित २१ दिन भित्र त्रिपुरेश्वरस्थित मानवश्रोत विकास शाखामा बुझाउन सक्नेछन्।


प्रतिकृया