एसईईपछि विद्यार्थीहरु अलपत्र परे काठमाडौं महानगरले गन्तव्यसम्म पुर्‍याइदिने

एसईईपछि विद्यार्थीहरु अलपत्र परे काठमाडौं महानगरले गन्तव्यसम्म पुर्‍याइदिने

काठमाडौंमा आज राजावादी र गणतन्त्रवादी समूहले भृकुटीमण्डप र तीनकुने क्षेत्रमा शक्ति प्रदर्शन गर्ने भएपछि ट्राफिक व्यवस्था अस्तव्यस्त हुने देखिएको छ। यसै कारण एसईई परीक्षार्थीहरू अलपत्र पर्ने स्थिति आउन सक्ने भएकाले काठमाडौं महानगरपालिकाले उद्धारको व्यवस्था मिलाएको छ।

महानगरले परीक्षार्थीहरूलाई गन्तव्यमा सहज पुगाउन सवारी साधन नपरेमा वा अन्य समस्या आएमा तत्काल उद्धार गर्न महानगर प्रहरी परिचालन गर्ने निर्णय गरेको हो। यसका लागि बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकु क्षेत्रमा महानगर प्रहरी तैनाथ गरिएको छ। परीक्षार्थीहरूले सीधै सम्पर्क गरेर आवश्यक सहयोग लिन सक्ने महानगरले जानकारी दिएको छ।

सहयोगका लागि बानेश्वर क्षेत्रका परीक्षार्थीले नगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्याल (फोन नं. ९८५१०६८०९६), रत्नपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने (९८५१०९३१७६), नयाँ बसपार्कतर्फका लागि नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट (९८५१२३३६३३) र टेकुतर्फका लागि नगर प्रहरी निरीक्षक प्रकाश पण्डित (९८५१०५६३४६) लाई सम्पर्क गर्न सक्नेछन्।

साथै, थप सहयोगका लागि महानगर प्रहरी बलको हटलाइन नम्बर ०१–५९०१७६४ र ९८५१३५६५०९ समेत उपलब्ध रहने महानगरपालिकाले जानकारी दिएको छ।

 

download 1 2 https://bajarkochirfar.com/kathmandu-metropolitan-city-will-take-students-to-their-destinations-if-they-are-stranded-after-see | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स