भाडा नतिर्ने ९ वटा सहकारीलाई ७ दिनभित्र घर–कोठा खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

भाडा नतिर्ने ९ वटा सहकारीलाई ७ दिनभित्र घर–कोठा खाली गर्न काठमाडौं महानगरको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले घर बहाल नतिर्ने ९ वटा सहकारीलाई ७ दिनभित्र घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ।

कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा भनिएको छ कि न्यायिक समितिबाट सहकारीले बहालमा लिएका घर कोठा खाली गर्ने निर्णय २०८२/१०/१५ मा कार्यान्वयन समितिको बैठकले अनुमोदन गरेको थियो र यसै आधारमा सार्वजनिक सूचना प्रकाशित गरिएको हो।

सहकारीले तोकिएको समयभित्र घर कोठा खाली गर्दा कार्यालयका सामानहरू सम्बद्ध घरधनीको जिम्मामा हुनेछ र पछि सहकारीका सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी वा विरोध नलाग्ने सूचनामा उल्लेख छ। यदि समयसीमा भित्र सहकारीका पदाधिकारी वा कर्मचारी सम्पर्कमा नआएमा न्यायिक समितिको निर्णय अनुसार महानगरपालिकाले आफैं घर कोठा खाली गराउनेछ। यस क्रममा त्यहाँ रहेका फर्निचर, कम्प्युटर लगायतका कार्यालयका सामानहरू घरधनीको जिम्मामा पर्नेछन्। नाम सार्वजनिक गरिएका सहकारीहरूमा वडा नं. ३१ को आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वडा नं. ६ का नव सवल र सन्दुप सहकारी संस्था लिमिटेड, सुन्ताखाल बचत तथा ऋण सहकारी संस्था, वडा नं. १७ को युनिफाइड बचत तथा ऋण सहकारी संस्था, वडा नं. २२ को महाबौद्ध बचत तथा ऋण सहकारी संस्था, वडा नं. ३२ को ग्रेट गंगासागर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ र वडा नं. १० को प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन्।

महानगरपालिकाका अनुसार यी सहकारी लामो समयदेखि भाडा नतिरी कार्यालयमा ताला लगाएर सञ्चालकहरू फरार भएपछि घरधनीहरूबाट निवेदन प्राप्त भइरहेका थिए र प्राप्त निवेदनको आधारमा फिर्स्योट प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक सूचना जारी गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स