काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली तथा दमकल नपुग्ने ठाउँमा आगलागी नियन्त्रण गर्न ड्राइराइजर प्रणाली जडान गर्न थालेको छ। यो प्रणाली सुख्खा पाइप लाइन हो, जसले दमकलको पानीलाई आवश्यक स्थानमा पुर्याउन मद्दत गर्छ। पाइपको दुबै छेउमा इनलेट भल्भ राखिएको हुन्छ, जहाँबाट दमकलको पानी पठाइन्छ, र पाइपको बीचमा रहेका आउटलेटहरूमार्फत आवश्यकता अनुसार पानी उपलब्ध गराइन्छ। दमकलले ८ बारको दबाबमा पानी पठाउँदा ड्राइराइजरले ७ तले भवनसम्म पुग्ने आगो निभाउने क्षमता प्रदान गर्दछ।
हालसम्म वडा नं. ३ को सुरुङ गल्लीमा ८२ मिटर, वडा नं. ७ को कुटी गल्लीमा २०७ मिटर, र वडा नं. ६ को संगम टोलमा २२८.२० मिटर पाइप जडान भएको छ। वडा नं. १० का पाँच गल्लीहरूमा, जस्तै मंगल गल्लीमा २२५ मिटर, मुल्मी गल्लीमा १२० मिटर, घण्टी गल्लीमा २०० मिटर, तीनधारा गल्लीमा २५ मिटर र कलाकार गल्लीमा १७२ मिटर पाइप जडान गरिएको छ। यसैगरी, वडा नं. १५ को जगडोल टोल अन्नपूर्ण चोकमा ३७३ मिटर, वडा नं. १६ को फुलबारी गल्लीमा १६७.८० मिटर र बगैंचा गल्लीमा २५२.५५ मिटर पाइप जडान भएको छ। वडा नं. १७ को कालधारा गल्लीमा २५३.२० मिटर, जोगीपाखा मार्गमा ४९.८० मिटर र ज्यापू मार्गमा १७४.२० मिटर पाइप जडान भएको छ।
परीक्षणका क्रममा वडा नं. २१ को ह्युमत करुणामय मार्गदेखि दलाछी गणेश स्थानसम्म १३० मिटर पाइप जडान गरेर प्रभावकारीता पुष्टि गरिएको छ। यो प्रणाली जडानका लागि करिब ८ लाख रुपैयाँ खर्च भएको छ। साथै, वडा नं. २९ को कालिञ्चोक मार्ग र वडा नं. २५ को मांस गल्ली हुँदै महाबौद्धसम्म पनि यो प्रणाली विस्तार गरिएको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया