कालिका पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद गरी कुल ७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त प्रस्तावसहित पुस २९ गते साधारण सभा पनि बोलाएको छ । सभा दियालो फुडल्याण्ड चितवन, भरतपुर-१०, चिवतना बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।















प्रतिकृया