SHAREHUB SHAREHUB

एस.ई.ई. पास भएकाहरुलाई कालिका लघुवित्तमा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन १९ गते
Advertisement Ads
एस.ई.ई. पास भएकाहरुलाई कालिका लघुवित्तमा जागिर खाने अवसर, माग्यो ठुलो संख्यामा कर्मचारी
Advertisement Ads

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय तथा शाखा कार्यालयका लागि खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि ६५ जना कर्मचारी माग गरेको छ। संस्थाले बरिष्ठ सहायक, सहायक, र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ।

बरिष्ठ सहायक पदका लागि (१२) जना आवश्यक रहेका छन्, जसका लागि स्नातक उत्तीर्ण वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी बैंक वा वित्तीय संस्थामा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ। एस.एल.सी. उत्तीर्ण उम्मेदवारका लागि ३ वर्षको अनुभव आवश्यक छ। सहायक पदमा (१७) जना आवश्यक छन्, जसका लागि प्रविणता प्रमाणपत्र तह वा एस.एल.सी. उत्तीर्ण गरी कम्तीमा २ वर्षको अनुभव हुनुपर्छ। कनिष्ठ सहायक पदमा (३५) जना आवश्यक छन्, जसका लागि उम्मेदवारले एस.एल.सी. उत्तीर्ण वा एस.ई.ई. परीक्षामा कम्तीमा D+ ग्रेड (१.६० GPA) हासिल गरेको हुनुपर्नेछ।

उमेर सीमा १८ देखि ३५ वर्ष तोकिएको छ (महिला उम्मेदवारलाई ५ वर्षको छुट)। कम्प्युटर ज्ञान अनिवार्य छ भने सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ। आवेदनहरू केन्द्रीय कार्यालय वा [email protected] मा पठाउन सकिन्छ।

परीक्षा अन्तर्वार्तामार्फत हुनेछ। दरखास्त दिने अन्तिम मिति २०८१ चैत्र ४ गते तोकिएको छ।

Kalika laghubitta vancancy 3x17 3 page 0001 2 https://bajarkochirfar.com/kalika-laghubitta-offers-job-opportunities-to-those-who-have-passed-see-large-number-of-employees-sought | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स