ज्योति विकास बैंकको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक

ज्योति विकास बैंकको नाफा दोब्बरले बढ्यो, वितरणयोग्य नाफा ऋणात्मक
Advertisement Ads

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०१.१४ प्रतिशतले बढेर ३० करोड ६६ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ७.१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड ४१ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ३.७२ प्रतिशतले घटेर १ अर्ब ८५ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेयरमेन्ट चार्ज ८३ करोड २ लाख रुपैयाँबाट घटेर ५२ करोड १६ लाख रुपैयाँमा आएको छ।

खराब कर्जा अनुपात ०.०१ प्रतिशतबिन्दुले बढेर ४.९८ प्रतिशत पुगेको छ।

यो पनि पढ्नुहोस्: नाफासँगै इपीएस पनि उकालो, महालक्ष्मी विकास बैंकको मजबुत त्रैमासिक प्रदर्शन | BAJARKO CHIRFAR

समीक्षा अवधिमा बैंकले ५ अर्ब ८७ करोड ५३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५१ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य घाटा ५ करोड ५९ लाख रुपैयाँ ऋणात्मक र जगेडा कोषमा २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ सञ्चित छ।

Advertisement Ads

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ४ रुपैयाँ ६८ पैसाले बढेर ९ रुपैयाँ ३० पैसामा पुगेको छ। यस्तै प्रतिसेयर नेटवर्थ १५१.९ रुपैयाँ रहेको छ।

Q3 JBBL https://bajarkochirfar.com/jyoti-bikas-banks-profit-doubles-distributable-profit-negative | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स