नाफासँगै इपीएस पनि उकालो, महालक्ष्मी विकास बैंकको मजबुत त्रैमासिक प्रदर्शन

नाफासँगै इपीएस पनि उकालो, महालक्ष्मी विकास बैंकको मजबुत त्रैमासिक प्रदर्शन
Advertisement Ads

महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी ३.७८ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ४.८१ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमा पुगेको छ।

इम्पेयरमेन्ट चार्ज ३६ करोड ४ लाख रुपैयाँबाट घटेर २५ करोड ५७ लाख रुपैयाँमा आएको छ।

यो पनि पढ्नुहोस्: खराब कर्जा बढेपनि सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय प्रदर्शन सशक्त | BAJARKO CHIRFAR

खराब कर्जा अनुपात ०.८३ प्रतिशतबिन्दुले बढेर ४.९९ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ५ अर्ब ३२ करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१९ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

Advertisement Ads

बैंकको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको भने वितरणयोग्य नाफा १४ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ६१ पैसाले बढेर १३ रुपैयाँ ५५ पैसामा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८६ पैसा रहेको छ।

Q3 MLBL https://bajarkochirfar.com/eps-also-rose-along-with-profit-mahalaxmi-bikas-banks-strong-quarterly-performance | %tags

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स