SHAREHUBSHAREHUB

जसपाका मधेश प्रदेश अध्यक्ष यादव पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २५ गते
AdvertisementAds
जसपाका मधेश प्रदेश अध्यक्ष यादव पक्राउ
AdvertisementAds

जसपाका मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई प्रहरीले सर्लाहीको मलंगवामा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो शिवसागर चोकबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवमाथि प्रहरी उपरीक्षकलाई गालीगलौज गर्नुका साथै आपराधिक उपद्रव र राज्यविरुद्धको गतिविधिमा संलग्न भएको आरोप छ। केही दिनअघि सामाजिक सञ्जालमा प्रहरी प्रमुखसँगको गालीगलौज अडियो भाइरल भएपछि उनी फरार थिए।

असारको अन्तिम साता भुक्तानी विवादका क्रममा उनले सर्लाही प्रहरी प्रमुखलाई अपशब्द प्रयोग गरेका थिए। यादवलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स