SHAREHUBSHAREHUB

सञ्चारकर्मी ऋषि धमलाले रौतहट–४ मा चुनाव लड्ने, कुन पार्टीबाट ?

AdvertisementAds
सञ्चारकर्मी ऋषि धमलाले रौतहट–४ मा चुनाव लड्ने, कुन पार्टीबाट ?
AdvertisementAds

सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। उनी रौतहट क्षेत्र नं. ४ बाट चुनाव लड्न लागेको जानकारी उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी हुन्। एजिला आम जनता पार्टीकी उपाध्यक्षसमेत हुन्।

सामाजिक सञ्जालमा लेख्दै एजिलाले पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्नु धमलाका लागि सहज निर्णय नभएको उल्लेख गरेकी छन्। वर्षौंसम्म सत्यका लागि क्यामेराअगाडि उभिएका धमलाले अब जनताप्रतिको जिम्मेवारीलाई आफ्नो मुख्य धर्म मानेर नयाँ यात्राको सुरुआत गर्न लागेको उनले बताएकी छन्।

उनले लेखेकी छन्, “पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो। धेरै सोचविचारपछि उहाँले यो निर्णय लिनुभएको हो। उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले राजनीतिमा पनि सफल बनाउने विश्वास लिएको छु।”

एजिलाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर रौतहट–४ मा उम्मेदवारी मनोनयनका लागि जाँदै गर्दा आफू सधैंजस्तै साथमा रहने उल्लेख गरेकी छन्। उनले यो यात्रा पदका लागि नभई जनताको सेवाका लागि भएको बताएकी छन्।

ऋषि धमला तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। उनी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष हुन् भने हाल प्राइम टेलिभिजनसँग आबद्ध छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स