आईएमई लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर

आईएमई लाइफ इन्स्योरेन्समा जागिर खाने अवसर
Advertisement Ads

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा/उपशाखा कार्यालय प्रमुख पदका लागि केही कर्मचारी आवश्यकता रहेको जानकारी गराएको छ। देशभर १५० भन्दा बढी शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको यस प्रतिष्ठित जीवन बीमा कम्पनीले कार्यदक्षता अभिवृद्धि र प्रभावकारी टिम निर्माण गर्ने उद्देश्यले योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ भने बीमा, बैंकिङ, वा बिक्री व्यवस्थापन क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइनेछ। साथै, कम्प्युटर ज्ञानमा दक्षता अनिवार्य छ।

न्यूनतम २१ वर्षदेखि अधिकतम ३५ वर्ष उमेर समूहका व्यक्तिले आफ्नो बायोडाटा, आवेदनपत्र, नागरिकता प्रमाणपत्र, तथा माथिल्लो शैक्षिक प्रमाणपत्रको प्रतिलिपि संलग्न गरी आफू कार्य गर्न चाहेको स्थान उल्लेख गर्दै [email protected] मा इमेल गर्नुपर्नेछ।

आवेदन दिने अन्तिम मिति २०८१ माघ १८ गतेसम्म रहेको छ। पारिश्रमिक र अन्य सेवा सुविधा कम्पनीको नियमावलीअनुसार हुनेछ। प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गरिनेछ भने आवेदन स्वीकृत/अस्वीकृत गर्ने सम्पूर्ण अधिकार कम्पनीसँग सुरक्षित रहनेछ।

web career https://bajarkochirfar.com/job-opportunity-at-ime-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स