धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ। माघ १३ गतेबाट १५ दिनभित्र इच्छुक तथा योग्य नेपाली नागरिकहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
स्नातकोत्तरदेखि प्रविणता प्रमाणपत्र तहसम्मका विभिन्न शैक्षिक योग्यता तथा बैंकिङ र वित्तीय क्षेत्रमा अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ। सहायक, सुपरभाइजर, अधिकृत, र विभागीय प्रमुखका पदहरूमा कार्य अनुभवका आधारमा योग्यतासहितको आवेदन माग गरिएको छ।
आवेदकहरूले संस्थाको वेबसाइटमा उपलब्ध अनलाइन आवेदन फारम भरी आवश्यक कागजात संलग्न गर्नुपर्नेछ। प्रारम्भिक छनोट सूची तथा अन्य जानकारी संस्थाको आधिकारिक वेबसाइटमा प्रकाशित गरिनेछ। लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, र अन्तर्वार्ता प्रक्रियाबाट छनोट गरिनेछ।
परीक्षा पाठ्यक्रम, तलब, र अन्य सुविधा संस्थाको नियमअनुसार हुनेछ। आवेदन सम्बन्धी थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट https://dhaulagiribank.com/career/ मार्फत जानकारी लिन सकिनेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया