ज्योति विकास बैंक लिमिटेडले आफ्ना उच्च तहका दुई महत्वपूर्ण पदहरूका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकले प्रमुख कर्जा अधिकृत (Chief Credit Officer – उपमहाप्रबन्धक) र प्रमुख – कर्पोरेट क्रेडिट (Chief – Corporate Credit; वरिष्ठ/प्रमुख प्रबन्धक) पदमा एक/एक जना कर्मचारी नियुक्त गर्न चाहेको हो।
प्रमुख कर्जा अधिकृतका लागि कम्तीमा १५ वर्षको बैंकिङ अनुभव, जसमध्ये ५ वर्ष कर्पोरेट क्रेडिट क्षेत्रमा, र प्रमुख कर्पोरेट क्रेडिटका लागि कम्तीमा १२ वर्षको अनुभव र ५ वर्ष क्रेडिट लाइन व्यवसायमा अनुभव आवश्यक छ। दुवै पदका लागि स्नातकोत्तर तह (व्यवस्थापन/अर्थशास्त्र) दोस्रो श्रेणीमा उत्तीर्ण वा CA सँग स्नातक डिग्री अनिवार्य गरिएको छ।
साथै, राष्ट्रियस्तरको विकास बैंकमा एक तह मुनिको वा ‘ए’ वर्गको वाणिज्य बैंकमा दुई तह मुनिको पदमा निरन्तर कम्तीमा २ वर्ष काम गरेको अनुभव आवश्यक छ। इच्छुक उम्मेदवारहरूले २०८२ वैशाख २४ गते (2025 मे 7) सम्ममा बैंकको वेबसाइट https://jbbl.com.np/careers मार्फत आवेदन दिन सक्नेछन्।


प्रतिकृया