ज्योति विकास बैंकमा जागिर खाने अवसर, कुन कुन पदमा दिन सकिन्छ आवेदन?



Advertisement
Ads

ज्योति विकास बैंक लिमिटेडले आफ्ना उच्च तहका दुई महत्वपूर्ण पदहरूका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। बैंकले प्रमुख कर्जा अधिकृत (Chief Credit Officer – उपमहाप्रबन्धक) र प्रमुख – कर्पोरेट क्रेडिट (Chief – Corporate Credit; वरिष्ठ/प्रमुख प्रबन्धक) पदमा एक/एक जना कर्मचारी नियुक्त गर्न चाहेको हो।

प्रमुख कर्जा अधिकृतका लागि कम्तीमा १५ वर्षको बैंकिङ अनुभव, जसमध्ये ५ वर्ष कर्पोरेट क्रेडिट क्षेत्रमा, र प्रमुख कर्पोरेट क्रेडिटका लागि कम्तीमा १२ वर्षको अनुभव र ५ वर्ष क्रेडिट लाइन व्यवसायमा अनुभव आवश्यक छ। दुवै पदका लागि स्नातकोत्तर तह (व्यवस्थापन/अर्थशास्त्र) दोस्रो श्रेणीमा उत्तीर्ण वा CA सँग स्नातक डिग्री अनिवार्य गरिएको छ।


Advertisement

साथै, राष्ट्रियस्तरको विकास बैंकमा एक तह मुनिको वा ‘ए’ वर्गको वाणिज्य बैंकमा दुई तह मुनिको पदमा निरन्तर कम्तीमा २ वर्ष काम गरेको अनुभव आवश्यक छ। इच्छुक उम्मेदवारहरूले २०८२ वैशाख २४ गते (2025 मे 7) सम्ममा बैंकको वेबसाइट https://jbbl.com.np/careers मार्फत आवेदन दिन सक्नेछन्।

Vacancy Top https://bajarkochirfar.com/job-opportunities-at-jyoti-bikas-bank-for-which-positions-can-i-apply | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर