SHAREHUBSHAREHUB

जनार्दन शर्माले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दै, कुन कुन दलहरू सहभागी छन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ७ गते
AdvertisementAds
जनार्दन शर्माले आज ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दै, कुन कुन दलहरू सहभागी छन् ?
AdvertisementAds

जनार्दन शर्माको पहलमा स्थापना गरिएको प्रगतिशील लोकतान्त्रिक पार्टीले आज काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे ‘बृहत एकता घोषणा’ सभा आयोजना गर्दैछ।

सभामा बाबुराम भट्टराईले स्थापना गरेका र हाल दुर्गा सोबले नेतृत्व गर्दै आएका जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरिएको र हाल सुदन किराँतीले नेतृत्व गरिरहेका प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुने कार्यक्रम तय गरिएको छ।

यसअघि यी दलका प्रतिनिधिहरूले एकताको सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् र सोही सहमतिअनुसार आज सार्वजनिक रूपमा एकता घोषणा गर्न लागिएको हो।

आजको एकता घोषणाभन्दा पहिले, शनिबार काठमाडौंको त्रिपुरेश्वरमा आयोजित भेलाले पनि एकतालाई अनुमोदन गरेको थियो।

याद गर्नुपर्दा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादी लगायतका दलहरूसँग मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेपछि जनार्दन शर्माले त्यसबाट अलग हुँदै प्रगतिशील लोकतान्त्रिक पार्टी गठनको पहल गरेका थिए। हालसम्म शर्माले पार्टीमा सदस्यको रूपमा रहने भन्दै तत्कालीन माओवादी नेता सुदन किराँतीलाई नेतृत्वमा राखेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स