राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले मधेस प्रदेशबाट ६० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने लक्ष्य राखिएको बताएका छन्।
जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेसमा रास्वपाको लोकप्रियता बढ्दै गएको दाबी गरे।
‘अघिल्लो निर्वाचनमा ३३ लाख मतदाता रहनुभएको मधेशमा हामीले एक लाखभन्दा कम मत पाएका थियौं । त्यसबेला समय कम थियो । हामीले आफूलाई चिनाउन पाएनौं,’ उनले भने, ‘अहिले चिनाउन पाएका छौं । रास्वपा कस्ता कस्ता हस्ती नेता बोकेर आएको रहेछ भनेर यहाँहरूको बीचमा आएका छौं । अब हामीलाई विश्वास छ, मधेश प्रदेशको ६० प्रतिशतभन्दा बढी मत हामीले प्राप्त गर्नेछौं ।’
डा. वाग्लेले रास्वपामा अनुभवी र सक्षम नेताहरू रहेको उल्लेख गर्दै जनतामाझ आफ्नो पार्टीको छवि बलियो बनेको बताए।
प्रतिस्पर्धी दलहरूले रास्वपालाई संघीयताको विरोधी भन्दै लगाएको आरोपको जवाफ जनकपुरधामको जनसहभागिताले दिएको उनको भनाइ थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया