ईश्वर पोखरेल भन्छन्, “ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा काम भए, बाँकी काम पूरा गर्न एमालेले जित्नुपर्छ”

ईश्वर पोखरेल भन्छन्, “ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा काम भए, बाँकी काम पूरा गर्न एमालेले जित्नुपर्छ”

नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताका पक्षमा उभिने शक्ति एकजुट हुनुपर्ने बताएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट उम्मेदवार रहेका उनले आइतबार एमालेको क्षेत्र नं ५ स्तरीय भेलालाई सम्बोधन गर्दै भने, “राष्ट्रियताको विपक्षमा उभिनेहरूलाई जनताले चिन्नुपर्छ र एमालेले मुलुकको हितबाहेक अरू कुरामा ध्यान नदिने स्पष्ट पारेको छ।”

पोखरेलले थपे, “विकास निर्माणका मुद्दा हामीले उठाउँदै आएका छौँ। एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा कामको सुरुवात भएको थियो। ती पूरा नभएका काम सम्पन्न गर्नका लागि एमालेले जित्नुपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स