instainsta

८१ किलोमिटर लामो केवलकार निर्माणका लागि ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
८१ किलोमिटर लामो केवलकार निर्माणका लागि ५७ अर्ब ६४ करोडको लगानी स्वीकृत
AdvertisementAds

लगानी बोर्ड नेपालको ६४औं बैठकले मुक्तिनाथ केवलकार परियोजनासहित विभिन्न महत्वपूर्ण परियोजनाहरू अघि बढाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशन सहित ८१.०४१ किलोमिटर लामो केवलकार निर्माणका लागि रु ५७ अर्ब ६४ करोड ३७ लाखको लगानी स्वीकृत गरेको छ।

यो परियोजना निर्माण, स्वामित्वकरण, सञ्चालन र हस्तान्तरण (बुट) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले प्रस्ताव गरेको छ। बोर्डले परियोजना विकास सम्झौताको शर्तहरूमा वार्ता गर्न प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ। केवलकार सञ्चालनमा आएपछि स्थानीय स्तरमा पर्यटक संख्या र रोजगारीमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ।

बैठकले पश्चिम सेती जलाशययुक्त ७५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने आयोजनाको विस्तृत प्रतिवेदन थप अध्ययन गर्ने निर्णय गरेको छ। साथै, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि दक्षिण कोरियाको कोरेल संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषदबाट स्वीकृति लिने निर्णय पनि गरेको छ।

त्यसैगरी, ४३.२ मेगावाट क्षमताको छिलुङ खोला जलविद्युत आयोजना, २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना र ४४ मेगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृत गरिएको छ।

बैठकले जनकपुरमा रिफाइन इडिबल ओयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरू पनि अघि बढाउने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स