SHAREHUBSHAREHUB

‘गुप्तचर’ विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहतमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १ गते
AdvertisementAds
‘गुप्तचर’ विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहतमा
AdvertisementAds

सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई फेरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा ल्याएको छ। गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली २०८३ स्वीकृत गर्दै राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेको हो।

यसअघि गत असोजमा तत्कालीन सरकारले सुरक्षा निकायबीच समन्वय सहज हुने भन्दै विभागलाई गृह मन्त्रालय मातहत राखेको थियो।

यसअघि २०७४ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको थियो। पछि ती निकाय फेरि सम्बन्धित मन्त्रालयअन्तर्गत फर्काइएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स