instainsta

महँगीदर घटेर ४.०६ प्रतिशत, तर तरकारी र तेल अझै महँगो

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ८ गते
महँगीदर घटेर ४.०६ प्रतिशत, तर तरकारी र तेल अझै महँगो
AdvertisementAds

आर्थिक वर्ष २०८१/८२ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.०६ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अघिल्लो आर्थिक वर्षमा यो दर  ५.४४ प्रतिशत रहेको थियो। यस अवधिमा २०८२ असार महिनाको विन्दुगत उपभोक्ता मुद्रास्फीति पनि घट्दै २.२० प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.५७ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहभित्र तरकारी १०.७१ प्रतिशत, घ्यू तथा तेल ८.७२ प्रतिशत, दाल तथा गेडागुडी ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य वस्तु ६.१३ प्रतिशतले बढेका छन्। तर, मरमसला २.६२ प्रतिशत र माछा मासुको ०.३४ प्रतिशतले घटेका छन्। गैर–खाद्य तथा सेवा समूहमा भने विविध वस्तु तथा सेवाहरू ९.३९ प्रतिशत, कपडा तथा जुत्ता–चप्पल ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थ ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरण ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थ ४.३७ प्रतिशतले महँगिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स