उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा प्रवेश, निर्देशनमा को ?

उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा प्रवेश, निर्देशनमा को ?
AdvertisementAds

उद्योगपति शेखर गोल्छा चलचित्र निर्माणमा प्रवेश गरेका छन्। उनी चलचित्र ‘परान’ मार्फत यो क्षेत्रमा सक्रिय भएका हुन्।

‘परान’ टेलिभिजन श्रृंखला ‘सक्किगोनि’ का कलाकार दीपक आचार्य ‘काकु’को निर्देशनमा बन्नेछ। यस चलचित्रमा शेखर गोल्छाको लगानी रहनेछ भने उनलाई रञ्जित आचार्यले लगानी व्यवस्थापनमा सहयोग गर्नेछन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत चलचित्रबारे जानकारी गराइएको थियो। निर्माण टिमका अनुसार ‘परान’ को छायांकन फागुनको पहिलो सातादेखि धनकुटाबाट सुरु हुनेछ।

चलचित्रको कथा निर्देशक दीपक आचार्यले लेखेका हुन्। प्रमुख भूमिकामा अनुभवी कलाकार नीर शाह रहनेछन्।

त्यसैगरी, कलाकारहरू मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई, र आर्यदीप आचार्यले चलचित्रमा अभिनय गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स