SHAREHUBSHAREHUB

मकवानपुरमा सबैभन्दा धेरै बेरुजु इन्द्रसरोवरमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
AdvertisementAds
मकवानपुरमा सबैभन्दा धेरै बेरुजु इन्द्रसरोवरमा
AdvertisementAds

मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु इन्द्रसरोवर गाउँपालिकामा देखिएको छ।

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ईन्द्रसरोवर गाउँपालिकाको बेरुजु ३.७९ प्रतिशत रहेको छ। इन्द्रसरोवरको कुल ९२ करोड ६७ लाख ४३ हजार बजेटको लेखा परीक्षण गर्दा तीन करोड ५१ लाख १३ हजार रुपैयाँ बेरुजु भेटिएको हो।

यस्तै, जिल्लामा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकाको छ। प्रतिशतको आधारमा बकैया गाउँपालिकाको बेरुजु ०.८ प्रतिशत मात्रै छ। कुल एक अर्ब ९८ करोड ९१ लख पाँच हजार रुपैयाँको लेखा परीक्षण गर्दा एक करोड ५९ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

जिल्लामा सबैभन्दा धेरै बेरुजु रहेको गाउँपालिकाको दोस्रो स्थानमा मनहरी गाउँपालिका रहेको छ। मनहरीमा १.२७ प्रतिशत बेरुजु रहेको छ भने तेस्रो नम्बरमा रहेको हेटौँडा उपमहानरपालिकाको बेरुजु १.१७ प्रतिशत रहेको छ।

यस्तै, भीमफेदी गाउँपालिकाको बेरुजु ०.४५ प्रतिशत हुँदा कैलाशको ०.७४ प्रतिशत र मकवानपुरगढी गाउँपालिकाको ०.९ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। राक्सिराङ गाउँपालिकाको बेरुजु ०.३२ प्रतिशत, थाहा नगरपालिकाको बेरुजु ०.६८ प्रतिशत र बागमती गाउँपालिकाको बेरुजु ०.३७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

AdvertisementAds

महालेखाको अघिल्ला प्रतिवेदनमा मकवानपुरका स्थानीय तहमा बेरुजु सुधारिएको देखिएको छ। सार्वजनिक गरिएको विवरणअनुसार जिल्लाका अधिकांश पालिकाले वित्तीय अनुशासन कायम गर्दै बेरुजु न्यून राख्न सफल भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स