राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगर ले उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
मंगलबार बन्दसत्र सुरु हुनुअघि उनले महिला उपसभापति पदमा उम्मेदवारी दिने बताउँदै आफ्नो दाबी सार्वजनिक गरेकी हुन्। उनका अनुसार “कुना–कुनालाई जोड्ने” उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी दिन लागिएको हो।
रास्वपामा तीन उपसभापति रहने व्यवस्था छ, जसमा एक जना महिला अनिवार्य हुने प्रावधान रहेको छ। उम्मेदवारी घोषणासँगै उनले प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु गरेकी छन्।
रास्वपाको निर्वाचन प्रक्रियाअनुसार पहिले केन्द्रीय सदस्य चयन हुनेछ र सोही केन्द्रीय सदस्यबाट पदाधिकारीहरू चयन गरिने व्यवस्था रहेको छ।

प्रतिकृया