सीमा विवादमा भारतले भन्यो: दुई देशबीचकै विषय हो, संवादबाट समाधान हुन्छ

सीमा विवादमा भारतले भन्यो: दुई देशबीचकै विषय हो, संवादबाट समाधान हुन्छ

प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा सम्बन्धी टिप्पणी गरेपछि भारतले त्यसप्रति प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा विवादका विषयमा कुनै पनि तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने उल्लेख गरेको हो।

भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति तथा त्यसपछि नेपाल परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यबारे भारतले ध्यान दिएको बताएका छन्।  दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो।

भारतले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत भागको सीमांकन सम्पन्न भइसकेको जनाएको छ। बाँकी रहेका विषयहरू दुवै देशबीच स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधानको प्रक्रियामा रहेको भारतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स