भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत् खरिदको अनुमति दिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयात गर्न भारतले स्वीकृति प्रदान गरेको हो।
यसअघि भारतले ८१०.९ मेगावाट विद्युत् आयातको अनुमति दिएको थियो। नयाँ स्वीकृति थपिएपछि नेपालबाट भारतमा निर्यात हुने कुल क्षमता १,०११ मेगावाट पुगेको छ। यससँगै, बंगलादेशमा भइरहेको ४० मेगावाट निर्यातसहित नेपालको कुल विद्युत् निर्यात स्वीकृति १,०५०.९ मेगावाट पुगेको छ।
नयाँ स्वीकृत २०० मेगावाट विद्युत् निर्यातको अनुमति आगामी ३१ अक्टोबरसम्म मान्य रहनेछ। यस अन्तर्गत लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठुलो खोला, सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली भारत पठाइनेछ।
गत आर्थिक वर्ष ०८१/८२ मा नेपालले भारतलाई विद्युत् निर्यात गरेर १७ अर्ब ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो। प्राधिकरणका अनुसार, यस वर्ष थप निर्यात अनुमति र सम्भावित उत्पादन वृद्धिका कारण विद्युत् निर्यात आम्दानी दोब्बर हुने अपेक्षा गरिएको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया