काठमाडौंंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौंंको चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी
Advertisement Ads

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। आज बिहान साढे ८ बजेदेखि लागू हुने यो आदेश, हिजो भएको जेनजी आन्दोलनपछि रोकिएको कर्फ्यु अवधि सकिएपछि जारी गरिएको हो।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालका अनुसार बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भु, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्र कभर गरिएको छ।

कर्फ्यु अवधिभर अत्यावश्यक सेवाबाहेक सबैको आउजाउ प्रतिबन्धित छ। सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाइएको छ। प्रशासनले सुरक्षा र शान्ति कायम राख्न सबैलाई कडा रूपमा पालना गर्न आग्रह गरेको छ।

940x380 कर्फ्यू सुचना https://bajarkochirfar.com/indefinite-curfew-order-issued-within-kathmandus-ring-road-area | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स