SHAREHUBSHAREHUB

१० रुपैयाँको चुरोटको मूल्य ३० र एक हजार पर्ने रक्सीको मूल्य ३ हजार पुर्याऔं: मन्त्री पौडेल

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
AdvertisementAds
१० रुपैयाँको चुरोटको मूल्य ३० र एक हजार पर्ने रक्सीको मूल्य ३ हजार पुर्याऔं: मन्त्री पौडेल
AdvertisementAds

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चुरोट र रक्सीको मूल्य तीनगुणा बढाउने प्रस्ताव गरेका छन्। उनले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ र प्रति बोतल एक हजार पर्ने रक्सीको मूल्य तीन हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव अघि सारेका हुन्।

भक्तपुरको मध्यपुर थिमीमा रहेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको १७औं स्थापना दिवस तथा ब्लड बैंकको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो मूल्यवृद्धिबाट उठेको रकममध्ये केही हिस्सा स्वास्थ्य बीमा कोषमा उपयोग गर्न सकिने बताएका छन्।

उनका अनुसार, यसरी आयस्रोत सुनिश्चित गर्न सकेमा मात्रै स्वास्थ्य बीमा कार्यक्रमलाई दीगो बनाउन सकिनेछ। नत्र स्वास्थ्य बीमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत उनले दिए। मन्त्री पौडेलले स्वास्थ्य बीमाको सीमा एक लाखबाट पाँच लाख रुपैयाँ पुर्‍याउने मन्त्रालयको तयारीबारे पनि जानकारी दिए।

सो कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीले स्वास्थ्य क्षेत्रका विविध पक्षमा आफ्ना धारणा राखेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स