बाबुराम भट्टराईले भने, “उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
बाबुराम भट्टराईले भने, “उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भए”

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्पको अभावमा पुरानै दलहरूबाट एउटा छान्न बाध्य भएको टिप्पणी गरेका छन्।

स्थानीय तहका ४१ पदका लागि भएको उपनिर्वाचनको नतिजापछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै, अधिकांश ठाउँमा पहिले जितेको दलले पराजय भोगेको र अर्को दलले जितेको भए पनि प्रमुख तीन पुराना दलहरू एकअर्काको मात्र विकल्प बनेको उल्लेख गरे।

‘जनता पुराना दलहरूसँग असन्तुष्ट छन्, तर नयाँ विकल्पको अभावमा उनीहरू पुरानैमध्येबाट एक छान्न बाध्य भएका छन्,’ उनले तर्क गर्दै लेखे।

भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरूले यसबाट पाठ सिक्नुपर्ने र आफ्ना कमजोरी सच्याउँदै जनतालाई विश्वासिलो विकल्प दिनुपर्ने सुझाव दिएका छन्। उनले चेतावनी दिँदै थपे, ‘अन्यथा जनता अझै नयाँ विकल्प खोज्न बाध्य हुनेछन्।’

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स