करिब आधाले घट्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २८ गते
करिब आधाले घट्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४३.३१ प्रतिशतले घटेर २६ करोड ५१ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफामा परिवर्तन हुनुको मुख्य कारण लगानी तथा कर्जाबाट हुने आम्दानी २४.२० प्रतिशतले घटेर २० करोड ९८ लाख रुपैयाँमा सीमित हुनु हो।

कम्पनीको खुद बीमाशुल्क आर्जन ८६ करोड ७३ लाख रुपैयाँबाट बढेर ९२ करोड ९१ लाख रुपैयाँमा पुगेको छ।

त्यस्तै गरी कम्पनीको कुल आम्दानी १०.९३ प्रतिशतले बढेर दुई अर्ब ५३ करोड ४३ लाख रुपैयाँमा पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार  २ प्रतिशतले बढेर चार अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा पुगेको छ।

कम्पनीको चुक्ता पूँजी तीन अर्ब दुई करोड ९३ लाख रुपैयाँ रहेको छ भने महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ र विशेष जगेडा कोषमा एक अर्ब ८१ करोड २४ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको २० रुपैयाँ ५८ पैसा बाट घटेर ११ रुपैयाँ ६७ पैसा मा पुगेको छ।  यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३० पैसा रहेको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स