आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ।
माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ।


















प्रतिकृया