SHAREHUBSHAREHUB

अहिले राजीनामा दिन्नँ, एमालेलाई पुरानै शक्तिशाली अवस्थामा फर्काएर मात्रै बिदा लिन्छु: केपी ओली

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
AdvertisementAds
अहिले राजीनामा दिन्नँ, एमालेलाई पुरानै शक्तिशाली अवस्थामा फर्काएर मात्रै बिदा लिन्छु: केपी ओली
AdvertisementAds

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै शक्तिशाली अवस्थामा फर्काएर मात्रै नेतृत्वबाट बिदा लिने बताएका छन्। आइतबार सम्पन्न सचिवालय बैठकमा उनले अब जिल्ला–जिल्ला पुगेर पार्टीको जागरण अभियान सञ्चालन गर्ने बताएका हुन्।

एमालेका सचिव महेश बस्नेतका अनुसार ओलीले आफ्नो स्वास्थ्य ९८ प्रतिशत सुधार भइसकेको भन्दै अब सक्रिय रूपमा फिल्डमा खटिने बताएका छन्। बस्नेतले ओलीलाई उद्धृत गर्दै भने, ‘उहाँले मेरो स्वास्थ्य लगभग ९८ प्रतिशत ठिक भइसकेको छ, अब चाहिँ प्रत्येक जिल्ला–जिल्ला, प्रदेश–प्रदेशमा गएर गएर यो पार्टीको ऊर्जा जगाउँछु र जसरी ममाथि र हाम्रो पार्टीमाथि चौतर्फी आक्रमण गरेर एक्ल्याएर कमजोर बनाइएको छ, अब पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउने कुरामा मैले नै भूमिका खेल्नु भनेर बढो जोस जाँगर र ऊर्जा दिएर उहाँले यो बैठक सक्नुभयो।’

बैठक समापनका क्रममा ओलीले पार्टीभित्र ऊर्जा र उत्साह जगाउने गरी धारणा राखेको पनि बस्नेतले बताए।

बस्नेतका अनुसार सचिवालय बैठकमा अध्यक्षले राजीनामा दिनुपर्ने विषय भने केवल विष्णु पौडेल र योगेश भट्टराईले मात्र उठाएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स