राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयरको जिम्मेवारी सम्हालेको चार वर्षको अवधिमा जनताका गम्भीर समस्या समाधान गर्न नसकेर आफू मुकदर्शक बन्नुपरेको बताएका छन्।
सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै शाहले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मका आन्दोलन भइरहँदा पनि स्थानीय सरकार प्रमुखका रूपमा केही गर्न नसकेको स्वीकार गरे।
‘‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’’ उनले भने।



















प्रतिकृया