राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरको मेयर हुँदा अधिकार क्षेत्रको सीमितताका कारण जनताका धेरै समस्यामा आफू ‘मुकदर्शक’ बन्नुपरेको स्वीकार गरेका छन्।
जनकपुरको चुनावी सभामा बोल्दै उनले माइतीघरमा उखु किसान र मिटरब्याज पीडित रोइरहँदा आफूले चाहेर पनि केही गर्न नसकेको पीडा पोखे। तर, मेयर हुँदै पनि देशभरका ३५ पालिकालाई एम्बुलेन्स दिएको उदाहरण दिँदै उनले अब संघीय सरकार (प्रधानमन्त्री) मा पुगेर देशको मुहार फेर्ने दाबी गरे।



















प्रतिकृया