स्वास्थ्यका कारण तौल घटाएँ, जसले पनि ‘चुनावको चिन्ताले दुब्लाइस्’ भन्छन्: गगन थापा

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १८ गते
स्वास्थ्यका कारण तौल घटाएँ, जसले पनि ‘चुनावको चिन्ताले दुब्लाइस्’ भन्छन्: गगन थापा

नेपाली कांग्रेसका सभापति तथा सांसद गगनकुमार थापाले चुनावमा पराजय हुँदैमा निराश भएर बस्न नहुने बताएका छन्। उनले कांग्रेसले आगामी चुनावमा पुनः मजबुत रूपमा फर्किने दाबी गरे।

आज आयोजित एक कार्यक्रममा बोल्दै थापाले चुनाव हार्दैमा पार्टी समाप्त नहुने स्पष्ट पारे। “चुनाव हार्दैमा के गर्ने त? चिन्ता गर्ने मात्र विकल्प होइन। चिन्ताले समाधान दिँदैन, रुवाबासीले कहीँ पुर्‍याउँदैन,” उनले भने।

थापाले आफूलाई भेट्ने धेरैले “बर्बाद भयो, सकियो” भन्ने प्रतिक्रिया दिने गरेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाए। उनले स्वास्थ्य समस्याका कारण ६–८ महिनामा मेहनत गरेर १०–१२ किलो तौल घटाएको भए पनि मानिसहरूले त्यसलाई चुनावी पराजयसँग जोडेर टिप्पणी गरेको बताए।

“तौल घटाएर चिटिक्क परेर गएँ भन्ठानेको त जसले भेटे पनि गाला समातेको छ, बर्बाद भयो, दुब्लायो, सकियो भनेको छ… चिन्ताले सकियो भनेको छ…  भन्छन्। वास्तवमा यस्तो भन्ने मान्छे नै चिन्तामा डुबेको हुन्छ,” थापाले भने।

उनले कांग्रेसको इतिहास उल्लेख गर्दै राजनीतिक जीवनमा हार–जित सामान्य प्रक्रिया भएको बताए। ‘सधैं जितिन्छ भन्ने हुँदैन, कहिले हारिन्छ। तर अर्को चुनावमा फेरि जितिन्छ’ उनले जोड दिए।

थापाले आफूलाई कांग्रेस सभापतिको जिम्मेवारी महत्वपूर्ण रहेको भन्दै पार्टीलाई अघि बढाउन सक्ने विश्वास व्यक्त गरे। उनले विपी कोइरालाको विरासत सम्झँदै आफू त्यो बाटोमा अघि बढ्ने प्रयासमा रहेको पनि बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स