नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी पुनर्गठनका लागि आफू पदीय जिम्मेवारी त्याग्न पनि तयार रहेको बताएका छन्।
जेन–जी आन्दोलनका कारण सिर्जना भएको चुनौतीपूर्ण राजनीतिक परिस्थितिलाई औंल्याउँदै उनले पार्टीमा आमूल सुधारको खाँचो रहेको बताए।
“संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं,” थापाले भने, “भ्रष्टाचारमुक्त राज्य र समाज निर्माणको नेतृत्व गर्न कांग्रेस तयार हुनुपर्छ। त्यसका लागि सदस्यता प्रणाली, संगठन संरचना, नेतृत्व छनोट प्रक्रिया र काम गर्ने शैलीमा आधारभूत परिवर्तन आवश्यक छ।”
थापाले वर्तमान ढाँचामा मात्रै अघि बढ्दा पार्टी बलियो नहुने उल्लेख गर्दै नयाँ सोच र जोखिम लिनुपर्नेमा जोड दिए।
“सुधारका लागि पदीय जिम्मेवारी छोड्नुपर्ने अवस्था आयो भने म सहर्ष महामन्त्री पद त्याग्न तयार छु,” उनले भने, “हामीले गल्ती स्वीकार गरेर आत्मसमीक्षा, आत्ममूल्याङ्कन र आत्मसंकल्प गर्नुपर्छ।”
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया