म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ: हर्क साम्पाङ

म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ: हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफू देशलाई दिन मात्र जानेको तर लिन नजानेको व्यक्तिको रूपमा परिभाषित गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो निष्ठा र देशभक्तिलाई युवापुस्ताले बुझ्नुपर्ने उल्लेख गरेका छन्।

साथै, विदेशी हस्तक्षेपबिनै देश निर्माण गर्ने हो भने आफ्नो विकल्प कोही नभएको जिकिर गरेका छन्।

उनले लेेखेका छन्, ‘म देशलाई दिन मात्रै जानेको लिन केही नचाहेको व्यक्ति हुँ! मेरो निष्ठा र देशभक्तिलाई युवाले बुझ्नु पर्छ जस्तो लाग्छ! यो देश हाम्रो आफ्नै दममा विदेशी हस्तक्षेप बिनै बनाउने भए मेरो विकल्प छैन! घमण्डी भने भन्नु तर म जत्तिको हक्की नेतृत्व देशलाई चाहिन्छ!’

हर्क साम्पाङलाई जेनजीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको बताउँदै, उनी हिजो धरानबाट काठमाडौं आएका छन्।

Screenshot 2025 09 11 143837 https://bajarkochirfar.com/i-am-a-person-who-only-wants-to-give-to-the-country-and-not-take-anything-hark-sampang | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स