नेकपा एमालेले आफ्नो ११औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताको समय हेरफेर गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले यसअघि सोमबार बिहान साढे १० बजेदेखि अपराह्न साढे १ बजेसम्म तोकेको समय परिवर्तन गर्दै अब अपराह्न १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली सोमबार साँझ साढे ६ बजे प्रकाशन गरिनेछ।
उम्मेदवारी दर्ताका लागि पदअनुसार शुल्कसमेत तोकिएको छ। अध्यक्ष पदका लागि १५ हजार रुपैयाँ, बाँकी १८ पदाधिकारीका लागि १० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
यसैगरी, केन्द्रीय निर्वाचन आयोगको अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले १० हजार रुपैयाँ र सदस्य पदका लागि ५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया