हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
भदौ २ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीमा १२% बोनस सेयर र ०.६३२% नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले जनाएको अनुसार, उक्त प्रस्ताव आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र लागू हुने छ।



प्रतिकृया