अन्तरजातीय प्रेमकथामा आधारित नेपाली फिल्म ‘ऊनको स्वीटर’ले अहिलेसम्म कति कमायो ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १६ गते
अन्तरजातीय प्रेमकथामा आधारित नेपाली फिल्म ‘ऊनको स्वीटर’ले अहिलेसम्म कति कमायो ?

फिल्म ‘ऊनको स्वीटर’ले तेस्रो सातासम्म देशभर १० करोड ५ लाख रुपैयाँको व्यापार गरेको छ। निर्माण टिम आर्टमान्डूले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार, फिल्मले चौथो सातामा प्रवेश गरिसक्दा पनि देशभर एक समयभन्दा बढी शो पाउँदै आएको छ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ। फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, माओत्से गुरुङ, भावना खपाङ्गी मगर र सुनिल पोखरेलले अभिनय गरेका छन्।

‘ऊनको स्वीटर’लाई पाँचथर र इलामका सुन्दर भूगोलमा छायांकन गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स