Advertisement
Ads

नेपाली फिल्म ‘होस्टेल–३’को अहिलेसम्मको कमाई कति ?



Advertisement
Ads

चलचित्र ‘होस्टेल–३’को निर्माणपक्षले एक हप्ताको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको यस चलचित्रले पहिलो सातामा कुल चार करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ।

निर्देशक तथा निर्माता सशान कँडेलले वितरकहरूबाट प्राप्त विवरणको आधारमा उक्त कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन्।


Advertisement

उनका अनुसार काठमाडौं उपत्यकामा चलचित्रले दुई करोड ३० लाख, जबकि उपत्यका बाहिर दुई करोड दुई लाख कलेक्सन गरेको छ।

‘होस्टेल–३’मा प्रवीण खतिवडा, पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर