नेपाली फिल्म ‘वसन्त’को अहिलेसम्मको कमाइ कति ?
प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि घरेलु बक्सअफिसमा अपेक्षाभन्दा कम कमाइ गरेको छ।
चैत २२ गते रिलिज भएको फिल्मले प्रदर्शनको ११ औं दिनसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस तथ्यांकमा उल्लेख छ।
स्वस्तिमा खड्का र प्रकाश सपुतको मुख्य भूमिका रहेको यो फिल्मले जातीय समानताको कथा प्रस्तुत गर्छ। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको ‘वसन्त’ले रिलिजअघि धेरै हाइप बटुले पनि ओपनिङमा खासै प्रदर्शन गर्न सकेन।