नेपाली चलचित्र ऊनको स्वीटर ले प्रदर्शनको पहिलो सातामा उल्लेखनीय ग्रस कलेक्सन गर्दै राम्रो व्यापार गरेको छ। निर्माण पक्षका अनुसार, चलचित्रले पहिलो सातामा कुल ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण गरिएको यो चलचित्र नवीन चौहानको लेखन तथा निर्देशनमा तयार भएको हो।
हाल पनि चलचित्र देशभर उच्च शोसहित प्रदर्शनमा चलिरहेको छ।
चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर र सुनील पोखरेललगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।














प्रतिकृया