नेशनल लाइफ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने ?



Advertisement
Ads

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १५  प्रतिशत लाभांश सुरक्षित गर्ने जेठ २१ गते अन्तिम दिने रहेको छ। कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार, जेठ २१ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउने र सभामा सहभागी हुन सक्नेछन्।

उक्त लाभांश पारित गर्न कम्पनीले असार ५ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा हालको चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको आधारमा ५ प्रतिशत बोनस सेयर, १० प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरिनेछ। साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको नियुक्ति, खर्च अनुमोदन, प्रबन्धपत्र तथा नियमावली संशोधन, र पूँजी वृद्धि सम्बन्धी प्रस्तावहरू पारित गरिनेछ। सभामा ‘क वर्ग’बाट ३ जना र ‘ख वर्ग’बाट २ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।


Advertisement

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर