छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि जारी गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन असार १२ गतेसम्म रहेको छ। कम्पनीले १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेकाले यसमा जेठ १ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन्। हकप्रद सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।
आवेदन ग्लोबल आइएमई क्यापिटल नक्साल काठमाडौं, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालय, धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।




















प्रतिकृया