तेह्रथुम पावर कम्पनी लिमिटेडले असार १६ गतेदेखि निष्काशन गरेको १०० प्रतिशत हकप्रद सेयर भर्ने साउन ४ गते अन्तिम दिन रहेको छ। । कम्पनीले १:१ को अनुपातमा, हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत बराबर अर्थात् ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो।
कम्पनीले हकप्रद सेयर निष्काशनका लागि जेठ ५ गते बुक क्लोज गरेको थियो । जस अनुसार
जेठ ४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्रै हकप्रद भर्न पाउनेछन्। यस निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया