instainsta

ऊर्जामन्त्री खड्काको प्रश्न: “भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाउँदा कुलमान देउता कसरी भए?”

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ६ गते
ऊर्जामन्त्री खड्काको प्रश्न: “भारतबाट बिजुली ल्याएर लोडसेडिङ हटाउँदा कुलमान देउता कसरी भए?”
AdvertisementAds

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै मन्त्री खड्काले कार्यकारी निर्देशक खड्काले सरकारलाई नटेर्ने र सञ्चालक समितिका निर्णयहरू कार्यान्वयन गर्ने नगरेको आरोप लगाए।

उनले भने, ‘अहिले नेपाल विद्युत प्राधिकरणका एमडीको कारणले लोडसेडिङ नभएर उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालिन अवस्थामा ८ वर्ष अगाडि नेपालको आवश्यकता लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । त्यो कम भएको विद्युत भारतबाट ल्याइयो । भारतबाट विद्युत ल्याउनका लागि त पहिले नै ट्रान्समिसन लाइन बन्नुपथ्र्यो होला नि । त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनि उहाँ देवता हुनुभयो ? अचम्म लाग्छ । उहाँले केही राम्रो काम गर्नुभयो होला । त्यसका लागि पुरस्कार के दिनुपर्छ दिउँला । सञ्चालक समिति निर्णय गर्छ उहाँ कार्यान्वयन गर्नुहुन्न। सरकारलाई टेर्नुहुन्न । शतप्रतिशत लगानी सरकारको छ । कर्मचारीहरू भाषण गर्दै जानुहुन्छ ।’

उनले थपे,  तपाईँले नोटिस गर्नुपर्छ उहाँको गतिविधिलाई यस्ता अराजक गतिविधिलाई सरकारले सधैँ हेरेर बस्ने कुरा त हुँदैन । लगाम त लाउनुपर्छ । तर एउटा कर्मचारीको विषयमा सम्मानित विषयमा किन यति ठुलो कुरा गर्नुपरेको मलाई अचम्म लागेको छ ।’ नेपाल सरकारको एक कर्मचारीको विषयलाई लिएर तथ्यहीन कुरा नगर्न उनले सबैमा आग्रह समेत गरे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स