SHAREHUBSHAREHUB

झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेनका लागि खोजियो झापामा घर

AdvertisementAds
झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेनका लागि खोजियो झापामा घर
File Photo
AdvertisementAds

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका लागि झापामा सम्पर्क कार्यालय सञ्चालन गर्न घर खोजिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा अध्यक्ष प्रकाश पाठकका अनुसार दमक–३ मा सम्पर्क कार्यालयका लागि एउटा घर छनोट गरिएको छ भने थप दुई वटा घर पनि टुंगो लाग्ने क्रममा छन्।

सम्पर्क कार्यालयसँगै बालेन शाहको आवास र सचिवालय प्रयोजनका लागि घर खोजिएको पाठकले बताए। उनका अनुसार दमक–३ स्थित क्याम्पस मोड आसपास दुई वटा घर लगभग टुंगो लागिसकेको छ।

बालेन शाह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारीमा छन्। उक्त क्षेत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेन उम्मेदवारीको तयारीसँगै रास्वपाका नेता–कार्यकर्ता झापा–५ पुग्ने क्रम सुरु भएको छ भने उनीनिकट समूहले प्रारम्भिक सर्भेक्षण पनि गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स